भेरोनाकाे युरोपा लिग खेल्न सपना

२०७७ असार ७ आइतबार,एजेन्सी । इटालीको ‘सिरी ए’ मा शनिबार राति कागलिरीलाई भेरोनाले २-१ ले हराएकाे छ र अर्को सिजनमा युरोपा लिग खेल्ने सम्भावना कायम राखेकाे छ । यो जितपछि भेरोनाको ३८ अंक भएको छ र सातौं स्थानमा कायम भएकाे छ ।

छैटौं स्थानका नेपोलीको पनि समान ३८ अंक छ । भेरोनाले अब अर्को सिजन युरोपा लिगको छनोट खेल्ने सपना बुन्न सक्नेछ ।

शनिबारकै अर्को खेलमा टुरिनो र पार्माले १–१ को बराबरी खेले । पार्मा ३६ अंकसहित आठौं स्थानमा छ ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार