२०७७ कार्तिक ३ साेमबार, काठमाडौं । इङलिश प्रिमियर लिग अन्तर्गत टोटनह्याम वेस्टह्यामसँग बराबरीमा रोकिएको छ । गएराती सम्पन्न खेलमा टोटनह्याम र वेस्टह्याम ३-३ गोलको बराबरीमा रोकिएका हुन् ।
खेलको पहिलो हाफमा ह्यारी केनको २ गोल र सन हेंग मिनको एक गोलको मद्दतले दोस्रो हाफमा आफ्नो अग्रता जोगाउन नसक्दा अंक बाढन बाध्य भएको थियो । वेस्टह्यामका लागि खेलको ८२औ मिनेटमा फाबियन बलबुएनाले पहिलो गोल गरेका थिए ।
त्यसपछि ८५औ मिएंतमा टोटनह्यामका डाभीनसन सान्चेजले आत्मघाती गोल गरेपछि खेल ३-२ भएको थियो । त्यसपछि खेलको ९४औ मिनेटमा मान्युएल लानजिनीले डी बक्स बाहिरबाट गरेको प्रहार गोलमा परिणत भएपछि खेल ३-३ गोलको बराबरीमा टुंगिएको थियो ।
यो खेलपछि टोटनह्यामको ५ खेलमा २ जित २ बराबरी र एक हारसहित ८ अंक भएको छ भने वेस्टह्यामको ७ अंक रहेको छ ।
फेसबुक प्रतिक्रिया
ट्रेन्डिङ
शाहिद : जाे सय फिल्ममा रिजेक्ट भएका थिए
संसद विघटन गलत थियो, तर सर्वोच्चमा विचाराधिन विषयमा मैले बोल्न मिल्दैन थियो : नेम्वाङ
सर्वोच्चको फैसलालाई सम्मान गर्न सकिन्न : ईश्वर पोखरेल
छाउपडीप्रथा अन्त्यका लागि पुरुषहरुको भुमिका अत्यावश्यक छ
‘राजनीतिक खिचातानीले जनतामा निराशा’