२०७७ कार्तिक ४ मङ्गलबार, काठमाडौं । कलाकार तथा निर्देशक निश्चल बस्नेतले यस्ताे महामारीमा पनि सरकार आफ्नो जिम्मेवारीबाट पन्छिन खाेजेकाे भन्दै आक्रोश पोखेका छन् ।
सरकारले कोरोना संक्रमित बिरामीले आफ्नै खर्चमा उपचार गर्नुपर्ने निर्णय सार्वजनिक गरेपछि सामाजिक सञ्जाल फेसबुकमार्फत् निर्देशक समेत रहेका निश्चलले यस्तो आक्रोश पोखेका हुन् । आफ्नो उपचार आफैँ गर भन्न सक्ने गैरजिम्मेवार सरकारले साधारण जनतालाई मान्छे नै नगन्ने छर्लङग भएकाे उनकाे भनाइ छ ।
निश्चलले फेसबुकमा लेखेका छन् :‘आफ्नो उपचार गर्न राज्यकोषबाट जति खर्च गरेपनि हुने जनताको उपचार चै आफै गर भन्न सक्ने गैरजिम्मेवार सरकारले साधारण जनतालाई मान्छे गन्दैन भनेर फेरी छर्लङग भयो । महामारीमा पनि जनताको सेवक हुन नसक्ने सरकारले आफ्नो पतनको बाटो आफै रोजीसकेछ । राम्रो रोज्ने मौका त हामीले गुमायौं । अब ढिला नगरी कुहिएकालाई चै फ्यालिहाल्नु पर्ने देखियो ।’
ट्रेन्डिङ
सर्वोच्चको फैसलालाई सम्मान गर्न सकिन्न : ईश्वर पोखरेल
छाउपडीप्रथा अन्त्यका लागि पुरुषहरुको भुमिका अत्यावश्यक छ
‘राजनीतिक खिचातानीले जनतामा निराशा’
‘बहुमतको प्रधानमन्त्रीलाई संसद् विघटनको अधिकार छ’
पत्रकारितामा मुख्य चुनाैती पारिश्रमिक