२०७७ असार ७ आइतबार, एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रोजगारसँग सम्बन्धित भिसा रोक्ने तयारी गरेका छन्। कोरोना भाइरसको संक्रमणले सबैभन्दा बढी प्रभाव खेपिरहेको अमेरिकामा H1-B भिसा रोक लगाउने तयारी गरेको हो। यो भिसा दक्ष कामदारका लागि उपलब्ध गराउँदै आएको थियो।
‘भिसाको विषयमा हामी भोलि केही सम्बोधन गर्न गइरहेका छौं,’ ट्रम्पले फक्स न्युजको अन्तर्वार्तामा भनेका छन्। उनले धेरैखाले भिसामा कडाइ गरिने जनाएका छन् जसमध्ये H1-B र L-1 समेत पर्नेछ । यसले सयौं कम्पनी र हजारौं मानिसहरु प्रभावित हुनेछन्। अमेरिकामा H1-B भिसा हरेक वर्ष करिब ८५ हजार हाराहारीमा जारी हुने गरेको छ।
ट्रम्पले कोरोना भाइरस पेन्डेमिकका कारण आफूले अस्थायी रुपमा अमेरिका आगमनमाथि रोक लगाउन लागेको ट्विटमार्फत् जानकारी गराएका छन्। H1-B भिसालाई अमेरिकाले केही समय यता कडा बनाउँदै आएको थियो।
ट्रम्पसँग नजिक भएका सूचना प्रविधिसँग जोडिएका व्यवसायीले यसखाले भिसामाथि नियन्त्रणका लागि सुझाव दिँदै आएका थिए।
ट्रेन्डिङ
‘राजनीतिक खिचातानीले जनतामा निराशा’
‘बहुमतको प्रधानमन्त्रीलाई संसद् विघटनको अधिकार छ’
पत्रकारितामा मुख्य चुनाैती पारिश्रमिक
मदनकृष्णको स्वरमा ‘फूलबुट्टे सारी’को’ लेजेन्डरी भर्सन सार्वजनिक
महेन्द्रनगरबाट एक जनालाई पक्राउ गरी बैतडी लगियो