आत्महत्या गर्न खोेजेकाे भन्दै कुवेतमा एक नेपाली पक्राउ

२०७७ असार ७ आइतबार, एजेन्सी । कुवेतमा आत्महत्या गर्ने प्रयास गरेको भन्दै एक नेपाली पक्राउ परेका छन् । पक्राउ परेका नेपालीको परिचय भने खुलेको छैन ।

माहबौला जिल्लाको एक घरको छतमा चढेर तल हेरिरहेको बेला प्रहरीले ती नेपालीलाई पक्राउ गरेको थियो । उनलाई फिन्तास प्रहरी कार्यालयमा लगेर राखिएको छ ।

कुवेतको महाबौला कोरोनाबाट अति प्रभावित जिल्लाहरु मध्य एक हो । यो जिल्लालाई तीन महिनादेखि आइसोलेटेड गरिएको छ ।
फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार