उपत्यकामा ३१०७ सहित थप ५७४३ जनामा कोरोना संक्रमण, २९९६ डिस्चार्ज, २६ काे मृत्यु

२०७७ कार्तिक ५ बुधबार, काठमाडौं । आज (बुधबार) देशभर ५ हजार ७४३ संक्रमित थपिएका छन् । काठमाडौं उपत्यकामा ३१०७ सहित देशभर ५ हजार ७४३ संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित प्रेस ब्रिफिङमा जानकारी दिए । काठमाडाैंमा २ हजार ३९१ भक्तपुरमा १७३ र ललितपुरमा ५४३ संक्रमित थपिएका हुन् ।

यस्तै पछिल्लो २४ घण्टामा थप २ हजार ९९६ जना संक्रमित डिस्चार्ज भएका छन् भने २४ जना संक्रमितको मृत्यु भएको छ । क्वारेन्टिनमा ४ हजार ६५ जना रहेका छन् । ४४ हजार ४७६ सक्रिय संक्रमितको उपचार भइरहेको छ ।

आजको थप अपडेटसँगै देशभर कोरोना संक्रमितको संख्या एक लाख ४४ हजार ८७२ पुगेको छ । संक्रमितमध्ये ९९,६०५ जना डिस्चार्ज भएका छन् । मृतक संख्या ७९१ पुगेको छ ।

पछिल्लो २४ घण्टामा २० हजार ११८ जनाको पीसीआर परीक्षण भएको छ ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार