२०७७ कार्तिक १२ बुधबार, एजेन्सी । इन्टर मिलान च्याम्पियन्स लिग फुटबलअन्तर्गत समूह चरणको आफ्नो दोस्रो खेलमा बराबरीमा रोकिएको छ । गएराति भएको खेलमा इन्टरले शाक्तर डोनेट्स्कसँग गोलरहित बराबरी खेलेको हो ।
शाक्तरको घरेलु मैदानमा भएको खेलमा इन्टर गोलरहित बराबरी खेल्दै एक-एक अंक बाँडेको हो । इन्टरले लिगको पहिलो खेल पनि बराबरी खेलेको थियो । समूह बी मा रहेको इन्टरले दुई खेलबाट दुई अंक जोडेको छ ।
यस्तै आफ्नो दोस्रो खेलमा जर्मन क्लब वायर्न म्युनिखले लोकोमोटिभ मस्कोमाथि २-१ को संघर्षपूर्ण जित निकालेको हो । लोकोमोटिभको घरेलु मैदानमा भएको खेलमा वायर्नलाई जित दिलाउन लेओन गोरेट्जक र जोसुवा किमिचले एक-एक गोल गरे ।
त्यस्तै लोकोमोटिभका लागि एन्टोन मिरान्चुकले एक गोल फर्काए । जितसँगै साविकको विजेता वायर्नले दुई खेलबाट ६ अंक जोडेको छ । समूह ‘ए’अन्तर्गत वायर्नन शीर्ष स्थानमा छ । पराजित लोकोमोटिभको एक अंक छ ।
ट्रेन्डिङ
शाहिद : जाे सय फिल्ममा रिजेक्ट भएका थिए
संसद विघटन गलत थियो, तर सर्वोच्चमा विचाराधिन विषयमा मैले बोल्न मिल्दैन थियो : नेम्वाङ
सर्वोच्चको फैसलालाई सम्मान गर्न सकिन्न : ईश्वर पोखरेल
छाउपडीप्रथा अन्त्यका लागि पुरुषहरुको भुमिका अत्यावश्यक छ
‘राजनीतिक खिचातानीले जनतामा निराशा’