युरोपमा कारोनाले मृत्यु हुनेको सङ्ख्या एकैसातामा ४० प्रतिशतले वृद्धि

२०७७ कार्तिक १२ बुधबार, एजेन्सी । युरोपमा कोभिडका कारण मृत्यु हुने सङ्ख्या गत साताको भन्दा झण्डै ४० प्रतिशतले वृद्धि भएको विश्व स्वास्थ्य सङ्गठनले बीबीसीलाई बताएको छ।

सङ्गठनकी प्रवक्ता डाक्टर मार्गरेट ह्यारिसले फ्रान्स, स्पेन, युके, द नेदर्ल्याण्डस् र रुसमा धेरै सङ्क्रमित देखिएको र एक तिहाइले वृद्धि भएको बताएकी हुन्।

इटलीमा पनि मृत्यु हुनेको सङ्ख्या तीव्र रूपले बढेको छ। त्यहाँ विगत २४ घन्टामा मात्रै २२१ जनाले ज्यान गुमाएका छन्। मंगलवार अस्ट्रियामा १ हजारभन्दा बढी मानिसहरूले कोभिडका कारण ज्यान गुमाएका छन्।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार