२०७७ कार्तिक १२ बुधबार, एजेन्सी । बार्सिलोनाका अध्यक्ष जोसेप मारिया बार्टोमेउले राजीनामा दिएका छन् । पछिल्ला दिनमा क्लबभित्र र समर्थकबाट बढ्दो दबाब खेपिरहेका उनले मंगलबार राजीनामा गरेका हुन् ।
सन् २०१४ मा अध्यक्ष बनेका उनीमाथि राजीनामाको दबाब बढ्दै गएको थियो । लियोनल मेस्सीलेसमेत अध्यक्षको सार्वजनिक रुपमै आलोचना गरेपछि उनको राजीनामा आएको हो । मेस्सी र अध्यक्ष बर्टोमेउको सम्बन्ध तनावपूर्ण हुँदा क्लबको प्रदर्शन राम्रो हुन नसकेको आरोप लाग्दै आएको थियो ।
उनीसँगै बार्सिलोनाको बोर्डका सबै सदस्यले पनि राजीनामा दिएका छन् । लामो समय बार्सिलोनाका अध्यक्ष बनेका बार्टोमेउकै नेतृत्वमा बार्सिलोनाले चार ला लिगा र एक च्याम्पियन्स लिगको उपाधि उचालेको छ ।
फेसबुक प्रतिक्रिया
ट्रेन्डिङ
‘राजनीतिक खिचातानीले जनतामा निराशा’
‘बहुमतको प्रधानमन्त्रीलाई संसद् विघटनको अधिकार छ’
पत्रकारितामा मुख्य चुनाैती पारिश्रमिक
मदनकृष्णको स्वरमा ‘फूलबुट्टे सारी’को’ लेजेन्डरी भर्सन सार्वजनिक
महेन्द्रनगरबाट एक जनालाई पक्राउ गरी बैतडी लगियो