साउदी अरेबियाले राष्ट्रव्यापी कर्फ्यु हटाउँदै

२०७७ असार ७ आइतबार,एजेन्सी । आइतबारदेखि साउदी अरेबियाले मुलुकभर लगाइएको कर्फ्यु हटाउने निर्णय गरेको छ । यद्यपि अझै पनि धेरै प्रतिबन्धहरु कायम रहने बताइएको छ । साउदी अरेबियाका अनुसार आइतबारदेखि सबै आर्थिक तथा व्यावसायिक गतिविधिहरु सुरु हुनेछन् । यद्यपि अन्तर्राष्ट्रिय यात्रा तथा धार्मिक यात्रामा लगाइएको प्रतिबन्ध भने कायम रहनेछ ।

साउदी अरेबियाले अहिलेसम्म जुलाईमा शुरु हुने हज यात्राको विषयमा भने कुनै घोषणा गरेको छैन । यद्यपि मलेसिया र इण्डोनेशियाजस्ता धेरै मुलुकहरुले भने आफ्ना मानिसहरुलाई हजयात्रामा जान नदिने बताइसकेका छन् । हजयात्राको लागि वार्षिक २५ लाख श्रद्धालुहरु मक्का सहर जाने गर्छन् ।

जोन्स हप्किन्स युनिभर्सिटीका अनुसार अहिलेसम्म साउदी अरेबियामा कोरोना भाइरसका एक लाख ५५ हजार संक्रमित फेला परिसकेका छन् भने एक हजार २३० जनाको मृत्यु भइसकेको छ ।

स्रोत : बीबीसी

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार