२०७७ कार्तिक १२ बुधबार, एजेन्सी । बलिउडका सुपरस्टार अभिनेता शाहरुख खान दुई वर्ष यता चलचित्रमा देखिएका छैनन् । न त कुनै नयाँ चलचित्रको घोषणा नै गरेका छन् ।
यसैबीच शाहरुखलाई फ्यानले प्रश्न गरेका छन् । नयाँ चलचित्र कहिले घोषणा गर्ने ? शाहरुखलाई उनका एक जना फयानले सोधे – ‘सर, मेरो जीवनको केवल ५० वर्ष बाँकी छ, त्यतिबेलासम्म तपाइँ आफ्नो नयाँ चलचित्र घोषणा गर्नुहुन्छ ?’
फ्यानको उक्त प्रश्नमा शाहरुखले ट्वीटर मार्फत लेखेका छन् – ‘चलचित्र गर्दागर्दै मेरो जीवनको ५० भन्दा बढी समय बितिसक्याे । पक्कै पनि यहीँ गरिरहेकाे थिएँ अघिल्लो ५० वर्ष र पछिल्लाे ५० वर्षसम्म पनि कृपया तपाईं हेर्दै जानुस् ।’
शाहरुखले यसअघि अनुष्का शर्मा र क्याटरीना कैफसँग चलचित्र ‘जिरो’ मा काम गरेका थिए । उक्त चलचित्र फ्लप भएपछि शाहरुख कुनै पनि चलचित्रमा देखिएका छैनन् । तर, आफ्नो प्रोडक्सन हाउसबाट भने, वेब सिरिज निर्माण गरिरहेका छन् ।
ट्रेन्डिङ
‘राजनीतिक खिचातानीले जनतामा निराशा’
‘बहुमतको प्रधानमन्त्रीलाई संसद् विघटनको अधिकार छ’
पत्रकारितामा मुख्य चुनाैती पारिश्रमिक
मदनकृष्णको स्वरमा ‘फूलबुट्टे सारी’को’ लेजेन्डरी भर्सन सार्वजनिक
महेन्द्रनगरबाट एक जनालाई पक्राउ गरी बैतडी लगियो