रोनाल्डो बिनाको खेलमा युभेन्टसमाथि बार्सिलोनाको सहज जित

२०७७ कार्तिक १३ बिहीबार, एजेन्सी । च्याम्पियन्स लिग फुटबलमा बार्सिलोनाले युभेन्ट्सलाई हराएको छ । गएराति युभेन्टसको घरेलु मैदानमा सम्पन्न समूह जीको खेलमा स्पेनिस क्लब बार्सिलोनाले इटालियन महारथी युभेन्ट्सलाई २-० ले हराएको हो ।

बार्सिलोनाको जितमा ओउसमान डेम्बेले र लियोनेल मेसीले एक एक गोल गरेका थिए । डेम्बेलेले खेलको १४औ मिनेटमा मेसीको असिस्टमा गोल गरेका थिए भने मेसीले खेलको ९१औ मिनेटमा पेनाल्टीबाट गोल गरेका थिए ।

युभेन्टस कोरोना संक्रमणका कारण क्रिस्टियानो रोनाल्डो बिना खेलेको थियो । रोनाल्डोले आफु स्वास्थ्य रहेपनि पिसिआरका कारण खेल्न नपाएको भन्दै असन्तुष्टि समेत जनाएका थिए । स्वास्थ्य प्रोटोकल अनुसार कोरोना संक्रमित खेलाडी खेलको २४ घण्टाअघि पिसिआर परिक्षण निगेटिभ आउनु आवश्यक हुन्छ ।

त्यस्तै यस खेललाई बार्सिलोनाका अध्यक्ष जोसेप मारिया बार्टमेउको राजीनामा पछिको उत्कृष्ट सुरुवातको खेलका रुपमा समेत लिइएको छ । यस जितपछि बार्सिलोना समूह जीमा दुवै खेल जितेर ६ अंकसहित शीर्ष स्थानमा छ भने भने युभेन्टसको २ खेलमा ३ अंक रहेको छ ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार