२०७७ असार ७ आइतबार,रोयटर्स । ब्राजिलमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ५० हजार नजिक पुगेको छ । ब्राजिलको स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म ब्राजिलमा कोरोना भाइरसको कारण ४९ हजार ९७६ जनाको मृत्यु भएको छ ।
अमेरिकापछि सबैभन्दा धेरै प्रभावित बनेको ब्राजिलमा पछिल्लो २४ घण्टामा मात्र एक हजार २२ जनाको कोरोना भाइरसको कारण मृत्यु भएको हो । त्यस्तै ब्राजिलमा कोरोना भाइरसका संक्रमितको संख्या पनि १० लाख ६७ हजार ५७९ पुगेको छ । ब्राजिलमा फेब्रुअरी २६ मा पहिलो संक्रमित फेला परेका थिए । शुक्रबार मुलुकमा कोरोना भाइरसका संक्रमितको संख्या १० लाख नाघेको हो ।
यद्यपि विशेषज्ञहरुले भने वास्तविक संख्या अझै पनि बढी हुन सक्ने बताएका छन् । मुलुकमा पर्याप्त मात्रामा परीक्षण नभएको कारण संक्रमितको संख्या कम देखिएको उनीहरुको भनाइ छ । ब्राजिलका राष्ट्रपति जेयर बोल्सोनारोमाथि कोरोना भाइरस नियन्त्रणको लागि आवश्यक कदम चाल्न नसकेको आरोप लाग्दै आएको छ । उनले भौतिक दुरी कायम राख्ने र आर्थिक गतिविधि रोक्ने किसिमका योजनाको विरोध गर्दै आएका छन् ।
स्रोत :रोयटर्स
ट्रेन्डिङ
‘राजनीतिक खिचातानीले जनतामा निराशा’
‘बहुमतको प्रधानमन्त्रीलाई संसद् विघटनको अधिकार छ’
पत्रकारितामा मुख्य चुनाैती पारिश्रमिक
मदनकृष्णको स्वरमा ‘फूलबुट्टे सारी’को’ लेजेन्डरी भर्सन सार्वजनिक
महेन्द्रनगरबाट एक जनालाई पक्राउ गरी बैतडी लगियो