२०७७ कार्तिक १४ शुक्रबार, काठमाडौं । कलाकार सुशीला दाहालको बिहीवार (हिजाे) बिहान वाल्थमस्थित हस्पिस केयर सेन्टरमा निधन भएको छ ।
मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह) जोडीको लालपुर्जा, चिरञ्जीवी जस्ता टेलिचलचित्रमा अभियन गरेकी उनकाे ६७ वर्षमा निधन भएकाे हाे । दाहाल लामो समयदेखि पेल्भिक क्यान्सरबाट पीडित थिइन् । उनका एक छोरा र एक छोरी छन् ।
लामो समयदेखि अलग बस्दै आएका उनका श्रीमान् बद्री दाहालको पनि यही मंगलवार अष्ट्रेलियामा निधन भएको छ । विगत १७ वर्षदेखि वोस्टनमा बसोबास आएकी दाहाल वोस्टन समाजमा मिलनसार र परिचित समेत थिइन्
उनका छोरा टेक्ससमा बसोवास गर्ने भएकाले उनको अन्तिम दाहसंस्कार दुइ तीन दिनपछि टेक्ससमा लगेर गरिने भएको छ ।
फेसबुक प्रतिक्रिया
ट्रेन्डिङ
दाहाल–नेपालकै नेतृत्वमा नयाँ सरकार बन्छ : भट्टराई
‘ओलीसँग बेइमानीबाहेक कुनै क्षमता छैन’
शाहिद : जाे सय फिल्ममा रिजेक्ट भएका थिए
संसद विघटन गलत थियो, तर सर्वोच्चमा विचाराधिन विषयमा मैले बोल्न मिल्दैन थियो : नेम्वाङ
सर्वोच्चको फैसलालाई सम्मान गर्न सकिन्न : ईश्वर पोखरेल