२०७७ कार्तिक १४ शुक्रबार, काठमाडौं । कलाकार, निर्माता तथा निर्देशक अशोक शर्मामा कोरोना पुष्टि भएको छ ।
बिहीबार (हिजो) नेपाल मेडिकल कलेजमा गराएको पिसिआर टेष्टमा शर्मामा कोरोना पुष्टि भएको हो । शर्माले शुक्रबार (आज) सामाजिक सञ्जाल फेसबुकमार्फत आफू कोरोना संक्रमित भएको जानकारी गराएका हुन् । शर्माले आफूसँग सम्पर्कमा आउने सबैलाई सचेत रहन र कोरोना परिक्षण गर्न आग्रह गरेका छन् ।
शर्माले फेसबुकमा लेखेका छन् –‘हिजो नेपाल मेडिकल कलेजमा पिसिआर टेष्ट रिपोर्ट पोजेटिभ आएकोले मसँग सम्पर्कमा आएका परिवारका सदस्य, साथीभाइ, इष्टमित्र, अफिसका स्टाफहरुलाई समेत सतर्क र सुरक्षित रहन र लक्षण नदेखिएपछि टेष्ट गर्न हुन अनुरोध छ ।’ ‘मलाई पनि कुनै लक्षण थिएन । दशैँ मानेर घरबाट फर्किएपछि सर्तकताका लागि टेष्ट गराउदा पोजेटिभ देखिएको हो ।’
फेसबुक प्रतिक्रिया
ट्रेन्डिङ
दाहाल–नेपालकै नेतृत्वमा नयाँ सरकार बन्छ : भट्टराई
‘ओलीसँग बेइमानीबाहेक कुनै क्षमता छैन’
शाहिद : जाे सय फिल्ममा रिजेक्ट भएका थिए
संसद विघटन गलत थियो, तर सर्वोच्चमा विचाराधिन विषयमा मैले बोल्न मिल्दैन थियो : नेम्वाङ
सर्वोच्चको फैसलालाई सम्मान गर्न सकिन्न : ईश्वर पोखरेल