२०७७ कार्तिक १५ शनिबार, काठमाडौं । फुटबलर क्रिस्टियानो रोनाल्डो कोरोना संक्रमण मुक्त भएका छन् । पोर्चुगल राष्ट्रिय टोलीका कप्तान तथा इटालियन च्याम्पियन युभेन्ट्सका फरवार्ड क्रिस्टियानो रोनाल्डो १९ दिनपछि कोरोनामुक्त भएका हुन् ।
शुक्रबार रोनाल्डोको पीसीआर रिपोर्ट नेगेटिभ आएको हो । अक्टोबर १३ मा कोरोना संक्रमण पुष्टि भएपछि रोनाल्डोले युभेन्टसका महत्वपूर्ण खेल गुमाएका थिए ।
उनले पोर्चुगलको स्विडेनविरुद्धको खेल सहित युभेन्टसका सिरी ए का क्रोटोने र भेरोनासँगका खेल गुमाएका थिए भने च्याम्पियन्स लिगका डाइनामो किभ र बार्सिलोनासँगका खेल गुमाएका थिए ।
अब रोनाल्डोको अर्को परिक्षण आज फेरी हुने र उनी प्रशिक्षणमा जाने युभेन्टसले जानकारी दिएको छ । युभेन्टस आइतबार सिरी ए अन्तर्गत स्पेजियाविरुद्ध खेल्दैछ ।
फेसबुक प्रतिक्रिया
ट्रेन्डिङ
‘राजनीतिक खिचातानीले जनतामा निराशा’
‘बहुमतको प्रधानमन्त्रीलाई संसद् विघटनको अधिकार छ’
पत्रकारितामा मुख्य चुनाैती पारिश्रमिक
मदनकृष्णको स्वरमा ‘फूलबुट्टे सारी’को’ लेजेन्डरी भर्सन सार्वजनिक
महेन्द्रनगरबाट एक जनालाई पक्राउ गरी बैतडी लगियो