प्रिमियर लिगः लिभरपुल शीर्ष स्थानमा

२०७७ कार्तिक १६ आइतबार, एजेन्सी । लिभरपुल प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । गएराति भएको खेलमा वेस्टह्‍यामलाई २–१ ले पराजित गर्दै लिभरपुल अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको हो ।

घरेलु मैदान एन्फिल्डमा भएको खेलमा लिभरपुलको जितका लागि मोहम्मद सलाह र डिओगो जोटाले एक–एक गोल गरे । पाहुना टोली वेस्टह्‍यामका लागि पाब्लो फोर्नाल्सले एक गोल गरे ।

लिभरपुलले एनफिल्डमा ६३ लिग खेलमा अपराजित रहने कीर्तिमानी बराबरी गरेको छ । यसअघि सन् १९७८ देखि १९८१ मा क्लबले सो कीर्तिमान बनाएको थियो ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार