२०७७ कार्तिक १६ आइतबार, एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराति भएको दोस्रो खेलमा सनराइजर्स हैदराबाद विजयी भएको छ । यूएईको सारजाहमा भएको खेलमा हैदराबादले रोयल च्यालेन्जर्स बैंगलोरलाई ५ विकेटले पराजित गरेको हो ।
टस हारेर पहिलो ब्याटिङ गरेको बैंगलोरले दिएको १२१ रनको लक्ष्य हैदराबादले १४ ओभरमै भेटेको हो । हैदराबादका लागि रिद्धिमान शाह ३९, मनिस पाण्डेले २६ रन जोडे भने जासन होल्डरले अविजित २६ रन बनाए । बैंगलोरका युजभेन्द्र चाहल २, वासिंगटन सुन्दर र नाभदिप सैनीले १र१ विकेट लिए ।
पहिलो ब्याटिङ गरेको बैंगलोरले पूरै २० ओभर खेल्दै सात विकेटको क्षतिमा १२० रन बनाएको थियो । बैंगलोरको सामान्य लक्ष्यका लागि जोस फिलिपेले सर्वाधिक ३२ रन बनाए । एबी डी भिलियर्स २४, वासिंगटन सुन्दर २१, गुर्किरात सिंह १६, कप्तान विराट कोहली ७ रनमा समेटिदा देबदूत पडिकलले ५ रन बनाए । हैदराबादका सन्दीप शर्मा र जासन होल्डर २र२, रासिद खान, शबाज नदीम र टि नटराजनले १र१ विकेट हात पारे ।
१३ खेलमा १२ अंक बनाएको हैदराबाद यो जितसँगै चौंथो स्थानमा उक्लिएको छ । प्लेअफ सम्भावना कायम राखेको हैदराबादले अन्तिम खेल मुम्मबईसँग खेल्दैछ ।
ट्रेन्डिङ
दाहाल–नेपालकै नेतृत्वमा नयाँ सरकार बन्छ : भट्टराई
‘ओलीसँग बेइमानीबाहेक कुनै क्षमता छैन’
शाहिद : जाे सय फिल्ममा रिजेक्ट भएका थिए
संसद विघटन गलत थियो, तर सर्वोच्चमा विचाराधिन विषयमा मैले बोल्न मिल्दैन थियो : नेम्वाङ
सर्वोच्चको फैसलालाई सम्मान गर्न सकिन्न : ईश्वर पोखरेल