२०७७ असार ८ साेमबार, एजेन्सी। पाकिस्तानको सिन्ध प्रान्तमा शुक्रबार भएका तीन वटा बम बिस्फोटनबाट दुई सैनिक सहित चार जनाको मृत्यु भएको छ। स्थानीय संचार माध्यमका अनुसार “सिन्धुदेश क्रान्तिकारी सेना” विद्रोही समूहले ती बिस्फोटहरुको जिम्मेवारी लिएको छ ।
एउटा विस्फोटन सिन्ध प्रान्तका राजधानी कराँचीमा भएको थियो। उक्त आक्रमणमा एक सर्वसाधारण र अर्धसैनिक बलका सदस्य सहित आठ जना अरु घाइते भएका थिए।
अर्को विस्फोटन घोट्की जिल्लामा भएको थियो जसमा दुई सैनिकको ज्यान गएको थियो। तेस्रो विस्फोटन सिन्ध प्रान्तकै लर्काना जिल्लामा भएको थियो, तर यसमा कुनै क्षति भएकाे छैन् ।
फेसबुक प्रतिक्रिया
ट्रेन्डिङ
‘राजनीतिक खिचातानीले जनतामा निराशा’
‘बहुमतको प्रधानमन्त्रीलाई संसद् विघटनको अधिकार छ’
पत्रकारितामा मुख्य चुनाैती पारिश्रमिक
मदनकृष्णको स्वरमा ‘फूलबुट्टे सारी’को’ लेजेन्डरी भर्सन सार्वजनिक
महेन्द्रनगरबाट एक जनालाई पक्राउ गरी बैतडी लगियो