२०७७ कार्तिक १७ साेमबार, एजेन्सी । रियल सोसिडाड स्पेनिस ला लिगा फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । गएराति भएको खेलमा सेल्टा भिगोलाई ४-१ गोल अन्तरले पराजित गर्दै सोसिडाड शीर्ष स्थानमा उक्लिएको हो ।
सोसिडाडलाई जित दिलाउन डेभिड सिल्भाको गोलमा २४औं मिनेटमा गोल गर्दै सोसिडाडलाई अग्रता दिलाए । ३४औं मिनेटमा मिकेल ओयार्जाबलले गोल गर्दै सोसिडाडको अग्रता २-० को बनाए ।
५४औं मिनेटमा विलियन जोसेले गोल गर्दै सोसिडाडलाई ३-० को अग्रता दिलाए । खेलको ७७औं मिनेटमा सेल्टाका इयागो आसपसले पेनाल्टीमा गोल गर्दै खेल ३-१ को स्थितिमा ल्याए । तर, ८१ औं मिनेटमा जोसेले व्यक्तिगत दोस्रो गोल गर्दै सोसिडाडलाई ४-१ को जित दिलाए ।
जितसँगै शीर्ष स्थानमा उक्लिएको सोसिडाडले ८ खेलमा १७ अंक जोडेको छ । पराजित सेल्टा ६ अंक जोडेर १७ औं स्थानमा छ ।
फेसबुक प्रतिक्रिया
ट्रेन्डिङ
दाहाल–नेपालकै नेतृत्वमा नयाँ सरकार बन्छ : भट्टराई
‘ओलीसँग बेइमानीबाहेक कुनै क्षमता छैन’
शाहिद : जाे सय फिल्ममा रिजेक्ट भएका थिए
संसद विघटन गलत थियो, तर सर्वोच्चमा विचाराधिन विषयमा मैले बोल्न मिल्दैन थियो : नेम्वाङ
सर्वोच्चको फैसलालाई सम्मान गर्न सकिन्न : ईश्वर पोखरेल