राजस्थान आईपीएलबाट बाहिरियो, कोलकाता प्ले अफ नजिक

२०७७ कार्तिक १७ साेमबार, काठमाडौं । इण्डियन प्रिमियर लिग अन्तर्गत कोलकोता नाइटराइडर्सले राजस्थान रोयल्सलाई ६० रनले पराजित गरेको छ ।

कोलकोताले दिएको १९२ रनको लक्ष्य पछाएको राजस्थानले २० ओभरमा ९ विकेट गुमाउदै १३१ रन बनाएपछि खेल कोलकोताले ६० रनले जितेको हो ।

राजस्थानका लागि जस बटलरले सर्बाधिक ३५ रन बनाए भने राहुल तेबाटियाले ३१ रन बनाए । त्यस्तौ बेन स्टोकले १८ रन र श्रेयस गोपालले अविजित २३ रन बनाए भने अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

कोलकोताका बलर पाट कमिन्सले ४ विकेट लिए भने वरुण चक्रवर्ती र शिभम मावीले २-२ विकेट लिए भने कमलेश नगरकोटीले एक विकेट लिए ।

यस अघि टस हारेर पहिला ब्याटिंग गरेको कोलकोताले २० ओभरमा ७ विकेट गुमाउदै १९१ रन बनाएको थियो । कोलकोताका लागि कप्तान इयोन मोर्गनले अविजित ६८ रन बनाए भने राहुल त्रिपाठीले ३९, शुभम गिलले ३६ रन बनाए । त्यस्तौ आन्द्रे रसेलले २५ र पाट कमिन्सले १५ रन बनाएका थिए ।

त्यस्तै राजस्थानका बलर राहुल तेबटियाले ३ विकेट लिएका थिए भने कार्तिक त्यागिले २ तथा जोफ्रा आर्चर र श्रेयस गोपालले एक एक विकेट लिए ।

यो जितसँगै कोलकोताको प्लेअफमा पुग्ने सम्भावना जीवित रहेको छ । कोलकोताको १४ खेलमा ७ जित र ७ हारसहित १४ अंक भएको छ र अंकतालिकामा चौथो स्थानमा उक्लिएको छ ।

त्यस्तै यो हारसहित राजस्थान प्रतियोगीताबाट बाहिरिएको छ । राजस्थानले १४ खेलमा ६ जित र ८ हार बेहोर्दै प्रतियोगिता सकेको छ । अब आइपिएल अन्तर्गत आज दिल्ली क्यापिटल्स र रोयल च्यालेन्जर्स बैंगलोरबीच खेल हुनेछ ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार