२०७७ कार्तिक १७ साेमबार, काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल)अन्तर्गत आज रोयल्स च्यालेन्जर्स बैंगलोरले दिल्ली क्यापिटल्ससँग प्रतिस्पर्धा गर्दैछ ।
सेख ज्याद क्रिकेट स्टेडियममा हुने दुई टोलीबीचको खेल नेपाली समयअनुसार साँझ पौने ८ बजेबाट सुरु हुनेछ । आजको खेलमा दुवै टोली जित निकाल्दै प्लेअफमा स्थान बनाउने योजनामा हुनेछन् ।
लिग चरणको सुरुवाती खेलमा उत्कृष्ट प्रदर्शन गरेको दिल्ली पछिल्ला खेलहरुमा कमजोर बनिरहेको छ । त्यसैले दिल्लीलाई आजको खेलमा जित निकाल्दै प्लेअफमा पुग्ने मौका छ ।
यता बैंगलोरलाई पनि जित निकाल्दै अघिल्लो चरण पुग्ने मौका छ । गत सिजन खराब प्रदर्शन गरेको बैंगलोर यो सिजन उत्कृष्ट प्रदर्शन गर्दै आएको छ ।
लिगमा १३ खेल खेलेको बैंगलोर १४ अंकका साथ तालिकाको दोस्रो स्थानमा छ । समान अंक रहेको दिल्ली अंक तालिकाको तेस्रो स्थानमा रहेको छ ।
दिल्ली नेपाली लेग स्पिनर सन्दीप लामिछाने आबद्ध टिम हो । यद्यपि, सन्दीपले हालसम्म कुनै पनि खेल खेलेका छैनन् ।
ट्रेन्डिङ
दाहाल–नेपालकै नेतृत्वमा नयाँ सरकार बन्छ : भट्टराई
‘ओलीसँग बेइमानीबाहेक कुनै क्षमता छैन’
शाहिद : जाे सय फिल्ममा रिजेक्ट भएका थिए
संसद विघटन गलत थियो, तर सर्वोच्चमा विचाराधिन विषयमा मैले बोल्न मिल्दैन थियो : नेम्वाङ
सर्वोच्चको फैसलालाई सम्मान गर्न सकिन्न : ईश्वर पोखरेल