दिल्ली क्वालिफायरमा, बैंगलोर प्ले अफमा

२०७७ कार्तिक १८ मङ्गलबार, एजेन्सी । दिल्ली क्यापिटल्सले रोयल च्यालेन्जर्स बेंग्लोरमाथि ६ विकेटको विजय हात पारी इन्डियन प्रिमियर लिग (आईपिएल) क्रिकेटको क्वालिफायर–१ मा स्थान सुरक्षित गरेको छ ।

लगातार चार खेलको हार यात्रालाई टुंग्याउदै दिल्ली निर्णायक खेलमा जित पाउँदै फाइनल नजिक पुगेको हो ।आबुधाबीमा सोमबार राति भएको आफ्नो अन्तिम लिग खेलमा रोयल च्यालेन्जर्स बैंगलोरलाई ६ विकेटले पराजित गर्दै दिल्ली क्वालिफायरमा पुगेको हो ।

शेख जायद स्टेडियममा बैंगलोरले दिएको १ सय ५३ रनको लक्ष्य दिल्लीले १९ ओभरमा मात्र ४ विकेट गुमाएर पुरा गर्यो ।दिल्लीको जितमा अजिन्का रहाणे र शिखर धवनले अर्धशतकीय इनिङ्स खेले । रहाणे ६० रन बनाएर आउट हुँदा धवनले ५४ रन बनाए ।

यस्तै कप्तान श्रेयस एयरले ७ रन जोड्दा पृथ्वी श ९ रनमा आउट भए । मार्कुस स्टोनिस १० र ऋषब पन्त ८ रनमा अविजित रहे ।
तर, सन्दीप भने प्लेइङ सेटमा परेनन् । सन्दीप लगातार १४ औं खेलमा बेन्चमा सिमित भएका हुन् ।

बैंगलोरका शाहबाज अहमेदले २ विकेट लिए । वासिङ्गटन सुन्दर र मोहमद सिराजले १र१ विकेट लिए ।यस अघि टस हारेर पहिले ब्याटिङ गरेको बैंगलोरले २० ओभरमा ७ विकेट गुमाएर १ सय ५२ रन बनाएको थियो ।

बैंगलोरका लागि देबदुत पडीकलले ५० रनको अर्धशतकीय इनिङ्स खेले । उनले ४१ बलमा ४ चौका प्रहार गरे ।एबी डी भिलियर्स ३५ रन जोड्दा कप्तान विराट कोहलीले २९ रन बनाए ।यस्तै शिबम दुबेले १७ रन जोड्दा जोस फिलिपेले १२ रन जोडे ।

दिल्लीका एनरिच नोर्टजेले ३ विकेट लिए । कागिसो राबडाले २ तथा रविचन्द्र आश्विनले १ विकेट लिए ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार