२०७७ कार्तिक १९ बुधबार, काठमाडौं । बिहान प्राय: खाली पेटमा कफी या चिया पिउने गरिन्छ । विशेषगरी कफी पिउँदा तन्तुहरू सक्रिय भएकाे र फुर्तिलाे भएकाे महशुष हुन्छ । कफीमा हुने क्याफिनले मस्तिष्कको ब्रेन सेलहरुलाई सक्रिय बनाउँछ ।
तर, बिहानै खाली पेटमा कफीको सेवनले खतरनाक रोगलाई समेत निम्ता दिन्छ । ब्रिटिश जर्नल अफ न्युट्रिशनमा प्रकाशित एक नयाँ अध्ययनका अनुसार बिहान खाली पेटमा कफी पिउँदा शरीरको मेटाबोलिज्म र रगतमा हुने चिनीमा असर पुर्याउँछ ।
कहिलेकाँही अपुरो निन्द्रा, थकान, आलस्य हटाउनका लागि खाली पेटमा बिहानै कफी पिउने गरिन्छ । तर यो समयमा पिउने कफीले शरीरमा परिवर्तन ल्याउँछ । जसले मेटाबोलिज्म बिगार्छ र रगतमा चिनीको मात्रा बढाउँछ । लामो समयसम्म यसरी परिवर्तन भइरहँदा गम्भीर स्वास्थ्य समस्या पनि देखिन सक्छ । विशेषतः मधुमेह र मुटुको रोग लाग्ने सम्भावना उच्च रहन्छ । त्यसैले बिहानै उठेर कफी पिउनु स्वास्थ्यका लागि फाइदाजनक नभएको वैज्ञानिकको ठहर छ ।
ब्रिटिश जर्नल अफ न्युट्रिशनमा प्रकाशित उक्त अनुसन्धानमा ३० जना व्यक्तिहरु सामेल थिए । जसको औसत उमेर २१ थियो । अनुसन्धानको सिलसिलामा यी मानिसहरुलाई ३ समूहमा विभाजन गरिएको थियो । र रातको अधुरो निन्द्राका कारण हुने आलस्यबाट छुटकारा पाउनका लागि विभिन्न प्रकारका पेयपदार्थ दिइएको थियो । कुनै चिनी भएको पेय पदार्थ दिइयो, कुनै स्ट्रोङ कफी । बिहानको खाजाभन्दा पहिले कफी पिउनेको शरीरमा ५० प्रतिशतभन्दा बढी ब्लड सुगर बढेको भेटियो ।
वैज्ञानिकका अनुसार खाली पेटमा लगातार कफी पिउने बानीले शरीरमा असर पुर्याउँछ । तर विशेषतः मुटुमा असर पर्छ । यसका साथै, इन्सुलिन रेस्पोन्स पनि प्रभावित हुन जान्छ ।
ट्रेन्डिङ
संसद विघटन गलत थियो, तर सर्वोच्चमा विचाराधिन विषयमा मैले बोल्न मिल्दैन थियो : नेम्वाङ
सर्वोच्चको फैसलालाई सम्मान गर्न सकिन्न : ईश्वर पोखरेल
छाउपडीप्रथा अन्त्यका लागि पुरुषहरुको भुमिका अत्यावश्यक छ
‘राजनीतिक खिचातानीले जनतामा निराशा’
‘बहुमतको प्रधानमन्त्रीलाई संसद् विघटनको अधिकार छ’