बाइडेनले चोरीको प्रयास गरेको ट्रम्पको आरोप, बाइडेन भन्छन्– हामी जीतको नजिक छौँ

२०७७ कार्तिक १९ बुधबार, एजेन्सी । अमेरकी राष्ट्रपति डाेनाल्ड ट्रम्पले मतगणनाका बिच ट्वीटरमा आफ्नो प्रतिद्वन्द्वीमाथि चाेरीकाे आरोप लगाएका छन् ।

ट्रम्पले लेखेका छन्- ‘हामी अगाडी छाैँ तर उनी चुनाव परिणाम हामीबाट चाेर्न चाहन्छन् । हामी यसाे हुन दिँदैनाैँ । चुनाव सकिएपछि भाेट हाल्न सकिँदैन ।’

अमेरिकी राष्ट्रपति चुनावमा ट्रम्पकाे चुनावी अभियान नियाल्ने एक वरिष्ठ अधिकारीका अनुसार डाेनाल्ड आज राती आफ्नाे मजबुती र आफ्नाे नजरिया देखाउन चाहन्छन् ।

उता अर्का प्रतिस्पर्धी जाे बाइडेनले आफ्नो जीत सुनिश्चित रहेको दाबी गरेका छन् । उनी भन्छन् – ‘हामीले जित्छौँ भन्ने मलाई लागिरहेको छ । तपाईँको धैर्य सराहनीय छ । नतिजा आउन समय लाग्नेछ । म  या ट्म्प याे घाेषित गर्न सक्दैनाैँ कि कसले जित्छ ! याे त अमेरिकी जनताले तय गर्नेछन् ।’

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार