काेराेना संक्रमितलाई विदेश लगेपछि नेपाल एयरलाइन्स फेरि पर्याे कारवाहीमा !

२०७७ कार्तिक १९ बुधबार, काठमाडौं । नेपाल एयरलाइन्समा विदेश गएकाहरूमा काेराेना संक्रमण देखिन थालेपछि नेपाल एयरलाइन्समाथि दाेस्राे पटक कारवाही भएकाे छ । नेपालमा पीसीआर नेगेटिभ आएका यात्रुमा विदेशमा परीक्षण गर्दा पाेजेटिभ देखिएपछि नेपाल एयरलाइन्सलाई हङकङले अहिले दोस्रोपटक प्रतिबन्ध लगाएकाे हाे ।

दुबई र नारिता विमानस्थलबाट समेत चेतावनीसहित प्रोटोकलको सूची आएको बताइएकाे छ । जापानले निगमलाई इमेलमार्फत नेपालबाट गएका २ देखि १० जनासम्म यात्रुमा कोरोना पोजेटिभ देखिएकाले सचेत बन्‍न आग्रह र यूएईले पनि पत्र नै लेखेर निगमको ध्यानाकर्षण गराइसकेको निगमकाे भनाइ छ ।

विगत केही दिनदेखि हङकङ, दुबई, नारिताजस्ता गन्तव्यहरुमा ७२ घण्टाको पीसीआर रिपोर्टका बाबजुद पनि त्यहाँ परीक्षण गर्दा कोभिड-१९ पोजेटिभ देखिएको एयरलाइन्सले जनाएकाे छ । यी घटनाहरूले निगमकाे मात्र नभइ नेपालमा हुने परीक्षणकाे विश्वसनीयतमाथि समेत प्रश्न उठेकाे छ ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार