टर्की भूकम्प : ९१ घण्टापछि जिवितै निस्किइन् ४ वर्षीया बालिका

२०७७ कार्तिक १९ बुधबार, काठमाडौं । टर्कीमा आएकाे भूकम्पमा भाैतिक र मानविय क्षति भएकाे छ ।

धेरै भवनहरू भत्किएका छन् र अहिले मलबेमा फसेका मानिसहरूलाई निकाल्ने काम भइरहेको छ । उद्धार कार्यमा संलग्न टोली जिवितै उद्धार गर्नमा लागि परेका छन् । यस्तैमा एक चार वर्षीया बालिकाकाे ९१ घण्टापछि जिवितै उद्धार गरिएकाे छ ।

बालिकालाई एम्बुलेन्सबाट अस्पताल पुर्याइएकाे थियाे, त्यस समय उनलाई कम्बलले ढाकिएकाे थियाे । उनलाई जिवितै  उद्धार गर्न सकिएकाेमा उद्धारकर्मीहरूले ताली बजाएर खुशी प्रकट गरेका थिए ।

सुरक्षित निकालिएपछि ती बालिकालाई उनका पीताले अँगालाे हालेका थिए । एक उद्धारकर्मीले भने, – ‘हामीलाइ देख्नेबित्तिकै उनी मुस्कुराएकी थिइन्, त्यतिबेला लागेकाे थियाे उनी हाम्राे पर्खाइमा थिइन् । वासिङमेशिनकाे सहयाेगमा उनी बचिन् ।’

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार