मोराटा चम्किँदा युभेन्टस् विजयी, युनाइटेड पराजित

२०७७ कार्तिक २० बिहीबार, एजेन्सी । अल्भारो मोराटाको दुई गोलको मद्दतले इटालियन क्लब युभेन्टस्‌ले च्याम्पियन्स लिग फुटबलअन्तर्गत समूह चरणको तेस्रो खेलमा सहज जित निकालेको छ । गएराति भएको खेलमा युभेन्टस्‌ले फेरेनकभारोसलाई ४–१ गोल अन्तरले पराजित गरेको हो ।

फेरेनकभारोसको घरेलु मैदानमा भएको खेलमा युभेन्टस्‌लाई जित दिलाउन मोराटाले दुई गोल गरे भने पाउलो डिबालाले एक गोल गर्दा एक गोल युभेन्टस्‌ले आत्मघाती उपहार पाएको थियो । फेरेनकभारोसका लागि फ्रान्क बोलीले एक गोल फर्काए ।

जितसँगै युभेन्टस्‌ले समूह ‘जी’मा ३ खेलबाट ६ अंक जोडेको छ । युभेन्टस्‌ समूहको दोस्रो स्थानमा छ । पराजित फेरेनकभारोसको एक अंक छ ।

स्तानबुलसँग युनाइटेड पराजित
प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेड स्तानबुलसँग २-१ गोल अनतरले युनाइटेड पराजित भएको छ । घरेलु मैदानमा भएको खेलमा स्तानबुललाई जित दिलाउन डेम्बा बा र इडेन भिस्काले एक-एक गोल गरे । यता पाहुना टोली युनाइटेडका लागि एन्थोनी माटियलले एक गोल फर्काए ।

जितसँगै स्तानबुलले तीन खेलबाट तीन अंक जोडको छ । स्तानबुलले च्याम्पियन्स लिग फुटबल इतिहासमा पहिलो जित निकालेको हो । पराजित युनाइटेड ६ अंकसहित तालिकाको शीर्ष स्थानमा छ ।

अर्काे खेलमा इटालियन क्लब लाजियोले रसियन जेनितसँग १-१ गोलको बराबरी खेलेको छ । जेनितको घरेलु मैदानमा भएको खेलमा दुवै टोलीले बराबरी खेल्दै एक-एक अंक बाँडेका हुन् ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार