२०७७ कार्तिक २० बिहीबार, एजेन्सी । यूइएफए च्याम्पियन्स लिग अन्तर्गत पिएसजी जर्मनी क्लब आरबि लेइपजिंगसँग पराजित भएको छ । गएराती सम्पन्न खेलमा आरबि लेइपजिंगले पिएसजीलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।
लेइपजिंगको जितमा क्रिस्टोफर नकुनकु र एमिल फोर्सबर्गले एक एक गोल गरेका थिए भने पिएसजीका लागि एन्जल डी मारियाले एक गोल गरेका थिए । डी मारियाले खेलको १६औ मिनेटमा पाएको पेनाल्टी मिस गरेका थिए ।
यस खेलमा पिएसजी इन्जुरीका कारण नेइमार र किलियन एम्बाप्पे बिना नै खेलेको थियो । यस खेलमा पिएसजीका इड्रीसा गुएयेले ६९औ मिनेटमा र पर्सनल किमपेम्बेले ९५औ मिनेटमा रातो कार्ड पाएका थिए ।
यो जितपछि आरबि लेइपजिंगको ३ खेलमा ६ अंक भएको छ भने पिएसजीको ३ खेलमा केबल ३ अंक रहेको छ । समुह एचमा म्यानचेस्टर युनाइटेड ३ खेलमा ६ अंकसहित शिर्ष स्थानमा रहेको छ ।
फेसबुक प्रतिक्रिया
ट्रेन्डिङ
सर्वोच्चको फैसलालाई सम्मान गर्न सकिन्न : ईश्वर पोखरेल
छाउपडीप्रथा अन्त्यका लागि पुरुषहरुको भुमिका अत्यावश्यक छ
‘राजनीतिक खिचातानीले जनतामा निराशा’
‘बहुमतको प्रधानमन्त्रीलाई संसद् विघटनको अधिकार छ’
पत्रकारितामा मुख्य चुनाैती पारिश्रमिक