२०७७ कार्तिक २० बिहीबार, काठमाडौं । राष्ट्रपतीय चुनावी नतिजाले तातेको अमेरिकामा कोरोनाभाइरसबाट दैनिक संक्रमित हुने दर अहिलेसम्मकै उच्च विन्दूमा पुगेको छ । गएको २४ घन्टामा त्यहाँ १ लाख ६ हजार १०८ जना संक्रमित फेला परेका छन् ।
कुनै पनि देशमा एकैदिन एक लाखभन्दा बढी संक्रमित फेला परेको यो पहिलो पटक हो । अमेरिकामा यसअघि कार्तिक १५ गते पनि १ लाखभन्दा बढीमा संक्रमण पुष्टि भएको थियो । कोरोना भाइरससम्बन्धी तथ्यांक अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सको विवरण अनुसार त्यहाँ अघिल्लो दिन मंगलबार ९४ हजार ४६७ नयाँ संक्रमित फेला परेका थिए ।
पछिल्लो २४ घण्टामा त्यहाँ १ हजार १९२ जनाले ज्यान गुमाएसँगै कोरोना संक्रमणबाट जयान गुमाउनेको संख्या २ लाख ३९ हजार ८२० जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ । अमेरिकामा अहिलेसम्म संक्रमितको संख्या ९७ लाख ९९ हजार ७४ पुगेको छ ।
अमेरिकापछि सबैभन्दा बढी संक्रमण देखिएको छिमेकी मुलुक भारतमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १ लाख २४ हजार ३५४ पुगेको छ । त्यहाँ पछिल्लो २४ घण्टामा मात्रै ७०४ जनाले ज्यान गुमाएका छन् । २४ घण्टामा ५० हजार ४६५ जना नयाँ संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या ८३ लाख ६३ हजार ४१२ पुगेको हो ।
प्रभावित देशको सूचीमा तेस्रो स्थानमा रहेको ब्राजिलमा संक्रमितको संख्या ५५ लाख ९० हजार ९४१ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ ६२२ जनाको मृत्यु भएसँगै मृत्यु हुनेको संख्या १ लाख ६१ हजार १७० पुगेको छ ।
विश्वमा संक्रमितको संख्या ४ करोड ८४ हजार नाघ्यो
वर्ल्डोमिटर्सको पछिल्लो विवरण अनुसार विश्वभर ४ करोड ८४ लाख ११ हजार ९०७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । चीनको हु बेई प्रान्तको राजधानी वुहानबाट गत वर्षको डिसेम्बर अन्तिममा फैलिएको कोरोना भाइरस संक्रमणबाट विश्वभर १२ लाख ३० हजार १०१ जनाले ज्यान गुमाएका छन् । अहिलेसम्म ३ करोड ४६ लाख ५६ हजार ९१३ जना कोरोना मुक्त भएका छन् ।
ट्रेन्डिङ
दाहाल–नेपालकै नेतृत्वमा नयाँ सरकार बन्छ : भट्टराई
‘ओलीसँग बेइमानीबाहेक कुनै क्षमता छैन’
शाहिद : जाे सय फिल्ममा रिजेक्ट भएका थिए
संसद विघटन गलत थियो, तर सर्वोच्चमा विचाराधिन विषयमा मैले बोल्न मिल्दैन थियो : नेम्वाङ
सर्वोच्चको फैसलालाई सम्मान गर्न सकिन्न : ईश्वर पोखरेल