काेराेना जितेकी ऋचा भन्छिन्–‘ कोरोना महामारी एउटा अटूट सत्य हो’

२०७७ कार्तिक २० बिहीबार, काठमाडौं । अभिनेत्री ऋचा शर्मा कोरोना मुक्त भएकी छिन् । ऋचाले आफ्नो सामाजिक सञ्जाल फेशबुक मार्फत कोरोना मुक्त भएको जानकारी दिएकी हुन् ।

विगत तिन हप्तादेखि होम क्वारीनटाइनमा बसेपछि अहिले पुर्ण रुपमा निको भैसकेको ऋचाले जानकारी दिएकी छिन् । ऋचाले लेखेकी छिन्–‘विश्वव्यापी कोरोनाको यस महामारी एउटा अटूट सत्य हो र यसबाट सकेसम्म आफु र आफ्नो परिवारको सुरक्षा गर्नु हामी सम्पूर्णको दायित्व । भनिन्छ की पढेर जानिन्छ की परेर । यस भयावह अवस्था बिच म पनि कोरोनाबाट संक्रमित हुन पुगे । पछिल्लो तीन हप्ता देखि सेल्फ क्वारिनटाइनमा बसी अब पुर्ण रुपमा स्वथ्य भएको छु ।’

ऋचा अगाडि लेख्छिन्– ‘कोरोनाको बारे हामीलाई अझै सम्पुर्ण ज्ञान नभएको, नयाँ फाइंडिंगहरु आइरहेको र नेपाल जस्तो विकासोन्मुख देशमा यसरी फैलीदा आफु तथा आफ्नो परिवारको सुरक्षा गर्न म तपाईहरु सबैलाई विनम्र अनुरोध गर्छु । कोरोना जित्न मैले के गरे, खानपान्, जिवन शैली बारे छिटै यहाँहरुलाई जानकारी गराउने छु । यो बिच म सम्पूर्ण अग्रपंक्तिमा रहेर हामीलाई सेवा पुर्याउनुहुने सम्पूर्णलाई नमन गर्दछु ।सतर्क रहनुस, स्वस्थ रहनुस ।’

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार