२०७७ कार्तिक २१ शुक्रबार, काठमाडौं । काेराेना संक्रमित हाँस्य कलाकार मनाेज गजुरेलकाे स्वास्थ्य अवस्था गम्भीर भएपछि उनलाई आईसियूमा सारिएकाे छ । उनकाे पारिवारिक स्राेतले यसबारे पुष्टि गरेकाे हाे ।
उनीमा कात्तिक १० गते कोरोना संक्रमण पुष्टि भएकाे थियाे । स्वास्थ्य अवस्था गम्भीर भएपछि उनलाई बुधबार उपचारका लागि बलम्बुस्थित सशस्त्र प्रहरीको अस्पताल भर्ना गरिएको थियो । हाल उनको आईसियूमा उपचार भइरहेको छ ।
केही दिनअघि मनाेजले सामाजिक सञ्जाल फेसबुकमा पूर्ण रूपमा स्वस्थ नभइसकेकाे उल्लेख गरेका थिए । उनले लेखेका थिए- ‘अझै पुर्ण सुधार भैसकको छैन । शरीरले फरक फरक कृया-प्रतिकृया देखाई रहेको छ । माफ गर्नुहोला, फोन, म्यासेज उठाउन सकिरहेको छैन । सकेसम्म सबैजना कोरोनाबाट जोगिन सक्नुहोस् । संक्रमितहरुलाई आत्मबल मिलोस् ।’
फेसबुक प्रतिक्रिया
ट्रेन्डिङ
दाहाल–नेपालकै नेतृत्वमा नयाँ सरकार बन्छ : भट्टराई
‘ओलीसँग बेइमानीबाहेक कुनै क्षमता छैन’
शाहिद : जाे सय फिल्ममा रिजेक्ट भएका थिए
संसद विघटन गलत थियो, तर सर्वोच्चमा विचाराधिन विषयमा मैले बोल्न मिल्दैन थियो : नेम्वाङ
सर्वोच्चको फैसलालाई सम्मान गर्न सकिन्न : ईश्वर पोखरेल