२०७७ असार ८ साेमबार, एजेन्सी । भारतका वर्तमान प्रधानमन्त्री नरेन्द्र मोदीलाई पूर्वप्रधानमन्त्री मनमोहन सिंहले देशको सीमाकाे विषयमा बोल्दा विचार पुर्याउन सुझाव दिएका छन्।
सीमा क्षेत्र गलवान उपत्यकामा चीनसँग झडप हुँदा २० भारतीय सैनिकको निधन भएको सन्दर्भमा वक्तव्य जारी गर्दै पूर्वप्रधानमन्त्री सिंहले यस्ता विषयमा अभिव्यक्ति दिँदा शब्द चयनमा गम्भीर बन्न मोदीलाई सचेत गराएका हुन्। सिंहले वक्तव्यमा भनेका छन्, ‘प्रधानमन्त्रीले आफूले व्यक्त गरेका शब्दले देशको सुरक्षा एवं सामरिक र भूभागीय हितमा पर्ने असरप्रति सधैं ख्याल गर्नुपर्छ।’
सरकारले उठाउने कदम र गर्ने निर्णयले आउने पुस्ताले उसको मूल्यांकन गर्ने उल्लेख गर्दै सिंहले भनेका छन्, ‘हामी सरकारलाई आग्रह गर्छाैं कि कि भ्रामक प्रचार कहिल्यै पनि कूटनीति र बलियो नेतृत्वको विकल्प हुन सक्दैन। पछि लाग्ने कार्यकर्ताद्वारा गरिएको प्रचारित झुटको आडम्बरले सत्यलाई दबाउन सक्दैन।’
डा.सिंहले चिनियाँ सेनासँगको झडपमा मारिएका २० सैनिकप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै मातृभूमिको रक्षाका लागि उनीहरूको बलिदान व्यर्थ जान दिन नहुने बताएका छन् ।
ट्रेन्डिङ
फेरि बढ्यो पेट्रोलियमको मूल्य, यस्तो छ नयाँ दर
‘निर्वाचन आयाेगवाला सेटिङ्ग पनि भत्किँदैछ’
दरबार छाड्नुमा मिडियाको मुख्य हात
दाहाल–नेपालकै नेतृत्वमा नयाँ सरकार बन्छ : भट्टराई
‘ओलीसँग बेइमानीबाहेक कुनै क्षमता छैन’