२०७७ कार्तिक २४ साेमबार, काठमाडौं । इङलिश प्रिमियर लिग अन्तर्गत एस्टन भिल्लाले आर्सनललाई परजित गरेको छ । गएराती सम्पन्न खेलमा भिल्लाले आर्सनलमाथि ३-० गोल अन्तरको जित निकालेको छ ।
भिल्लाको जितमा ओली वाटकिन्सले दुई गोल गरे भने आर्सनलका बुकाया साकाले एक गोल आत्मघाती गरेका थिए । आर्सनलको घरेलु मैदानमा यो लगातार दोस्रो हार हो । यस अघि लेस्टरविरुद्धको खेलमा आर्सनल १-० ले पराजित भएको थियो ।
साथै यस सिजनको प्रिमियर लिगमा आर्सनलको यो चौथो हार हो । यो हारसँगै आर्सनलको ८ खेलमा १२ अंक रहेको छ भने लिगको ११औ स्थानमा झरेको छ । त्यस्तै एस्टन भिल्लाले भने यस सिजनमा पाँचौ जित निकाल्दै लिगमा छैठौ स्थानमा उक्लिएको छ । भिल्लाको ८ खेलमा १५ अंक भएको छ ।
फेसबुक प्रतिक्रिया
ट्रेन्डिङ
संसद विघटन गलत थियो, तर सर्वोच्चमा विचाराधिन विषयमा मैले बोल्न मिल्दैन थियो : नेम्वाङ
सर्वोच्चको फैसलालाई सम्मान गर्न सकिन्न : ईश्वर पोखरेल
छाउपडीप्रथा अन्त्यका लागि पुरुषहरुको भुमिका अत्यावश्यक छ
‘राजनीतिक खिचातानीले जनतामा निराशा’
‘बहुमतको प्रधानमन्त्रीलाई संसद् विघटनको अधिकार छ’