क्रान्तिका महानायक ;चे ग्यभेरा

२०७७ कार्तिक २४ साेमबार, काठमाडौं । क्रान्तिका महानायक चे ग्याभेरा संसारभरिका श्रमजिवी मजदुरहरुका ढुकढुकी हुन्। अर्जेन्टिनामा जन्मेर क्युबामा क्रान्ति सम्पन गरि बोलिभियाको जंगलमा सहादत प्राप्त गरेका चेलाई धेरै युवाहरुले आदर्शको प्रतिकको रुपमा लिने गर्दछन। उनका सिधान्तलाई मात्र नभएर उनको पहिरनलाई पनि धेरै युवाहरुले पछ्याउँछन् ।

उनको जन्म १४ जुलाई १९२८ मा अर्जेन्टिनाको रोजारियोमा भएको थियो। मध्यम वर्गीय अर्जेन्टिनी परिवारमा जन्मेका उनि परिवारका सबैभन्दा जेष्ठ सुपुत्र थिए। सन् १९४८ मा उनि बुनोस आयर्स युनिभर्सिटीमा मेडिकल शिक्षा प्राप्त गर्नका लागि भर्ना भए। मेडिकल पढ्दै गर्दा उनले अल्बर्टो ग्र्यनागोसंग उत्तर अमेरिकाको भ्रमण गरे। १९५३ मा उनले मेडिकल शिक्षा हासिल गरिसकेपछि ल्याटिन अमेरिकी देशहरुको भ्रमण गरे। त्य्सक्रममा उनले पुजिंवादी र साम्राज्यवादीनीतिका कारण ति रास्ट्रहरुमा जनताले भोगनुपरेको पिडा देखे। सन् १९५४ को ग्वाटेमालाको राजनीतिमापनि उनि सक्रिय भए। जब ग्वाटेमालामा  जाकोबा  अर्बेन्ज़को  निर्वाचित  सरकारलाई सि आइ ए  ले  सैन्य शक्ति लगाएर ढाल्यो त्य्सपछि उनि मेक्सिको भागेर गए। मेक्सिकोमा उनको भेट क्युबाका निर्वासित क्रान्तिकारीहरु संग हुन पुग्यो ,जसका नेता थिए फिदेल कास्त्रो।

त्यसबेला क्युबाको सत्ता अमेरिकाको समर्थन पाएका फ़ुल्जेनसियो बाटिस्टाको हातमा थियो। बातिस्टाले त्य्सबखत क्युबामा तानाशाही प्रवृतिले शासन गरिराखेका थिए। बाटीस्टाको शासन बिरुद्धको क्रान्तिको अगुवाई फिदेलले गरेका थिए।क्युबामा चलिराखेको विभेद र तानाशाही हटाउनकालागि  चे र फिदेलको सहमती भयो। त्य्सपछि उनी सन् १९५६ मा पानी जहाँज छाडेर घाइते क्रान्तिकारीहरुको उपचार गर्न क्युबाका पहाडतिर लागे। सेप्टेम्बर १९५८  मा बतिस्टा सरकारको सैन्य हारमा पनि उनको ठुलो भूमिका छ। फेब्रअरी १९६१ मा उनि क्युबाको उद्योग मन्त्रीको रुपमा नियुक्त भए। त्य्सपछि उनले कम्युनिस्ट पार्टी अफ क्युबाको केन्द्रिय नेताको रुपमा काम गरे। त्य्सबाहेक उनले क्युबा सरकारको प्रतिनिधि भएर विभिन्न अन्तरास्ट्रिय मंचहरुमा सहभागी भए। सन् १९६५ मा उनले कंगोमा चलिरहेको क्रान्तिको समर्थनको लागि गोरिल्ला समुहको नेत्रित्व गरे। क्युबा फर्केपछि फेरी उनले  बोलिभियाको लागि गोरिल्ला समुहको गठन गरे। त्य्सबखत बोलिभियामा सैन्य शासन चलिरहेको थियो। बोलिभिया गएपछि त्यहाँ चलिरहेको सामन्तवाद र तानाशाही बिरुद्ध आन्दोलन गरे। अक्टोबर ८ ,   १९६७ मा अमेरिकाद्वारा तालिम प्राप्त बोलिभियाली सैनिकहरुले उनलाई घाइते बनाएर आफ्नो कब्जामा लिए र त्य्सको एकदिन पछि उनको हत्या भयो। यसरी समाजको लागि लडेको एक महान् क्रान्तिकारीको अन्त्य हुन पुग्यो।

उनको भौतिक शरीर यस संसारमा नरहे पनि उनका सिधन्तहरु जीवित नै छन्। आफुलाई कम्युनिस्ट र सर्वहारा वर्ग भन्ने नेपालका बामपन्थीहरुले उनको  जीवनवाट  पाठ सिक्नुपर्छ। हिजो आफुलाई मार्क्सवादी ,माओवादी र लेनिनवादी भन्नेहरुको सिधान्त आज मार्सी चामलको अगाडि झुकेको छ। त्य्ससैले नेपालका बामपन्थिहरु माथि जनताको भरोसा उठेको छ। फेरी त्यो भरोसा जोगाउन र समाजवादको बाटो अगि बढाउन अबका युवाहरुले ग्याभेराको सिधान्त अंगालेर अगि बढ्नुपर्छ।

साैरभ जाेशी

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार