२०७७ कार्तिक २५ मङ्गलबार, काठमाडौं । बलिउड अभिनेत्री कंगना रनाैतलाई दर्शकले शान्त हुन सल्लाह दिएका छन् । कंगना हरेक मुद्दामा खुल्लमखुल्ला बोल्ने गर्छिन् । उनलाई ट्विटर मार्फत् दर्शकले चुप बस्न सल्लाह दिएका हुन् ।
उनलाई शान्त हुन सल्लाह दिनेहरुलाई कंगनाले ट्विटर मार्फत् जवाफ दिएकी छिन् । उनले लेखेकी छिन्– ‘सबै फ्यानहरू जसले मेरो ट्वीट दिनभरि जाँच गरिरहन्छन् । फेरि मेरो ट्विट हेरेर थाकेँ र बोरीङ भएँ भन्छन् । मलाई चुप लाग भन्छन् । यदि म मन पर्दैन भने, अनफलो वा ब्लक गर्न सक्दछन् । यदि तपाइँले त्यसो गर्नु भएन भने, साँच्चिकै तपाईँ मुर्ख हुनुहुन्छ ।’
कंगनाले जेलमा रहेका पत्रकार अर्नब गोस्वामीको रिहाइको लागि पनि निरन्तर संघर्ष गरिरहेकी छिन् । कंगनाले सोमबार राती एक ट्विट लेखेकी थिइन्–‘अर्नब र म जस्ता मानिसहरु आफ्नो सफलता र लोकप्रियता मनाउन छोडि तपाँइहरुको पक्षमा लड्छौं । यदि हामी फर्कीयौं भने, याद राख्नुहोस् तपाँइहरु संसारको तेस्रो देशमा रहनुहुनेछ । जहाँ सबैभन्दा धेरै भ्रष्ट समाज रहनेछ ।’
ट्रेन्डिङ
‘राजनीतिक खिचातानीले जनतामा निराशा’
‘बहुमतको प्रधानमन्त्रीलाई संसद् विघटनको अधिकार छ’
पत्रकारितामा मुख्य चुनाैती पारिश्रमिक
मदनकृष्णको स्वरमा ‘फूलबुट्टे सारी’को’ लेजेन्डरी भर्सन सार्वजनिक
महेन्द्रनगरबाट एक जनालाई पक्राउ गरी बैतडी लगियो