२०७७ कार्तिक २५ मङ्गलबार, काठमाडौं । बलिउडकी सबैभन्दा सुन्दर अभिनेत्री क्याट्रिना कैफको हातमा धेरै प्रोजेक्टहरु छन् ।
यद्यपि लकडाउनका कारण धेरै चलचित्रहरु रिलिज हुन भने सकेका छैनन् । क्याट्रिना र अक्षय कुमारको चलचित्र ‘सूर्यवंशम’ रिलिजको तयारीमा थियाे । त्यसैबेला लकडाउन भयो ।
त्यस्तै ईशान खट्टर र सिद्धान्त चतुर्वेदी रहेको चलचित्र ‘भूत’ र सलमान खानका साथ बहुप्रतीक्षित चलचित्र ‘टाइगर ३’ को पनि रिलिज अवरुद्ध भयो । यसै क्रममा, क्याट्रिनालाई अर्को एउटा झट्का लाग्यो । भारतीय सञ्चार माध्यमका अनुसार क्याट्रिना चलचित्र निर्माता अली अब्बास जफरसँगै मिलेर एउटा ठूलो प्रोजेक्टको लागि तयारी गर्दै थिइन् । जुन अहिले बन्द भएको छ । मिडिया रिपोर्टका अनुसार क्याट्रिना यस प्रोजेक्टमा सुपर नायक वा नायिकाको रूपमा खेल्ने भएकी थिइन् ।
क्याट्रिनाले पनि यस चलचित्रको लागि तयारी सुरु गरिसकेकी थिइन् । सो चलचित्रका लागि धेरै पसिना पनि बगाइरहेकी थिइन् । तर अली अब्बासले अहिलेसम्म यस चलचित्रको लागि भने कुनै निर्माता फेला नपारेको भारतिय सञ्चार माध्यमहरुले जनाएको छ ।
ट्रेन्डिङ
संसद विघटन गलत थियो, तर सर्वोच्चमा विचाराधिन विषयमा मैले बोल्न मिल्दैन थियो : नेम्वाङ
सर्वोच्चको फैसलालाई सम्मान गर्न सकिन्न : ईश्वर पोखरेल
छाउपडीप्रथा अन्त्यका लागि पुरुषहरुको भुमिका अत्यावश्यक छ
‘राजनीतिक खिचातानीले जनतामा निराशा’
‘बहुमतको प्रधानमन्त्रीलाई संसद् विघटनको अधिकार छ’