२०७७ कार्तिक २७ बिहीबार, काठमाडौं । कोरोना संक्रमणको अवस्था भयाभह हुँदै जान थालेसँगै काठमाडौँ उपत्यकामा पुन: एकपटक लकडाउन गर्नुपर्नेमा यहाँका मेयरहरुले जोड दिएका छन् ।
कोभिड १९ संकट व्यवस्थापन केन्द्र सिसिएमसी निर्देशक समितिका संयोजकसमेत रहेका उपप्रधानमन्त्री ईश्वर पोखरेल र उपत्यका नगरपालिका फोरमका पदाधिकारी र सदस्यबीच बुधबार भएको छलफलमा मेयरहरुले उक्त आग्रह गरेका हुन् ।
पछिल्लो समय राजधानीमा संक्रमण बढ्दै गएको कारण यसको चेकब्रेक गर्ने गरी लकडाउन गर्नुपर्ने विषयमा छलफल भएको एक मेयरले जानकारी दिए ।
अब चाडपर्वहरु सकिएपछि कडा रुपमा महामारी नियन्त्रणको कामहरु थालिने उनको भनाई छ । लकडाउन गर्ने र परिक्षणको दायरा पनि बढाउने विषयमा छलफल भएको छ । हाल काठमाडौँ उपत्यकामा देशभरमै सबैभन्दा धेरै संक्रमित हरु रहेका छन् । दैनिक रुपमा ५० प्रतिशत भन्दा धेरै केसहरु काठमाडौँकै देखिन्छन् । त्यसैगरी नाकामा हेल्थ डेस्क राख्ने विषयमा पनि छलफल भएको बताइएको छ ।
ट्रेन्डिङ
किन मनाइन्छ घोडेजात्रा ?
चेन्नाईविरुद्ध दिल्लीको जित
तीन साता विद्यालय, राति १० बजेपछि व्यवसाय बन्द गर्ने तयारी
गल्ती स्वीकार गरे ओलीलाई कार्यकर्ताले माफी दिन्छन् : माधव नेपाल
गृहमन्त्री थापा माओवादीबाट निष्कासित