२०७७ कार्तिक २७ बिहीबार, काठमाडौं । पोर्चुगलले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा एन्डोरामाथि फराकिलो जित निकालेको छ । गएराति भएको खेलमा पोर्चुगलले एन्डोरामाथि ७-० को जित निकालेको हो ।
घरेलु मैदानमा भएको खेलमा पोर्चुगलको जितमा पाउलिन्होले २ गोल गरे भने क्रिस्टियानो रोनाल्डो, जोआओ फेलिक्स, रेनाटो सान्चेज र पेड्रो नेटोले एक एक गोल गरे । एक गोल एण्डोराका एमिली ग्रासियाले आत्मघाती गोल गरेका थिए ।
नेसन्स लिगको तयारीमा रहेको पोर्चुगलले तयारी स्वरुप एन्डोरासँग मैत्रीपूर्ण खेल खेलेको हो । पोर्चुगलले विश्व विजेता फ्रान्ससँग शनिबार राति समूहको पाँचौ खेल खेल्दै छ ।
गएराती नै भएका अन्य मैत्रीपूर्ण खेलमा नेदरल्यान्ड्स र स्पेन १-१ गोलको बराबरीमा रोकिएका छन् भने बेल्जियमले स्वीटजरल्याण्डलाई २-१ गोल अन्तरले पराजित गरेको छ । त्यस्तै जर्मनीले चेक रिपब्लिकलाई १-० गोल अन्तरले पराजित गरेको छ भने इटालीले स्टोनियालाई ४-० गोलले पराजित गरेको छ ।
ट्रेन्डिङ
दाहाल–नेपालकै नेतृत्वमा नयाँ सरकार बन्छ : भट्टराई
‘ओलीसँग बेइमानीबाहेक कुनै क्षमता छैन’
शाहिद : जाे सय फिल्ममा रिजेक्ट भएका थिए
संसद विघटन गलत थियो, तर सर्वोच्चमा विचाराधिन विषयमा मैले बोल्न मिल्दैन थियो : नेम्वाङ
सर्वोच्चको फैसलालाई सम्मान गर्न सकिन्न : ईश्वर पोखरेल