स्पेनिस क्लब रियल मड्रिडका मिडफिल्डर फेडेरिको भाल्भेर्डेको खुट्टा भाँच्चिएको छ । सोमबार रियलले विज्ञप्ति जारी गर्दै उरुग्वेका स्टार भाल्भेर्डेको खुट्टा भाँच्चिएको जानकारी दिएकाे छ ।
रियलले मेडिकल रिपोर्ट सार्वजनिक गर्दै भाल्भर्डेको दाहिने खुट्टाको हड्डी भाँचिएको जनाएको छ ।
आइतबार राति भएको भ्यालेन्सियासँगको खेलका क्रममा घाइते भएका उनले गम्भीर चोट बोकेका हुन् । भ्यालेन्सियाको मैदानमा भएको खेलमा रियलले ४–१ गोलको लज्जास्पद हार ब्यहोरेको थियो ।
सो खेलको ७६औं मिनेटमा उनले चोट बोक्दै मैदान छोडेपछि टोनी क्रुस मैदान प्रवेश गरेका थिए ।
२२ वर्षीय मिडफिल्डरले अब लामो समयसम्म मैदानबाहिर रहनुपर्ने आँकलन गरिएको छ । तथापि, भाल्भेर्डेले कति समय मैदानबाहिर बिताउनुपर्ने भन्ने विषयमा रियलले खुलाएको छैन ।
यससँगै उनले विश्वकप छनौटअन्तर्गत कोलम्बिया र ब्राजिलसँगको खेल गुमाउने भएका छन् । उरुग्वेले शुक्रबार कोलम्बियासँग खेल्दैछ भने त्यसको चार दिनपछि ब्राजिलसँग प्रतिस्पर्धा गर्नेछ ।
ट्रेन्डिङ
‘राजनीतिक खिचातानीले जनतामा निराशा’
‘बहुमतको प्रधानमन्त्रीलाई संसद् विघटनको अधिकार छ’
पत्रकारितामा मुख्य चुनाैती पारिश्रमिक
मदनकृष्णको स्वरमा ‘फूलबुट्टे सारी’को’ लेजेन्डरी भर्सन सार्वजनिक
महेन्द्रनगरबाट एक जनालाई पक्राउ गरी बैतडी लगियो