२०७७ कार्तिक २७ बिहीबार, काठमाडौं । हाँस्य व्यङ्ग्य क्षेत्रका एक चम्किलो तारा हुन् हरिवंश आचार्य । विसं २०१४ सालमा आजकै दिन काठमाडौंको गौरीधारामा जन्मिएका आचार्य एक्टर , कमेडियन, गायक र लेखकसमेत हुन् ।
आचार्यले विसं २०३१ सालमा रेडियो नेपालको नाटकबाट आफ्नो करियरको सुरुवात गरेका हुन् । उनले आफ्नो करियरसँगै राष्ट्रिय नाच घरमा पनि काम गरेका थिए । उनले आफ्नो जीवनकालमा अभिनयले मात्र होइन गायन र लेखनले पनि दर्शकलाई आनन्दित बनाएका छन् । आचार्यले लेखेको ‘ चिना हराएको मान्छे र हरिबहादुर’लाई पनि धेरैले रुचाएका थिए ।
‘लोभीपापी, तँ त साह्रै बिग्रिस् नी बद्री, राजमती, जे भो राम्रै भो, शत्रु गते, दाल भात तरकारी’ लगायतका थुप्रै चलचित्रहरूमा अभिनय गरेर दर्शकहरुलाई आनन्दित पारेका आचार्यका यि सफल चलचित्र पनि हुन् । उनले अभिनय गरेको ‘बलिदान’ चलचित्रको अहिले पनि चर्चा परिचर्चा त्यतिकै हुने गर्छ ।
त्यस्तै उनका थुप्रै टेलिचलचित्रहरु ‘१५ गते’ ‘हरिबहादुर मदनबहादुर’ लगायत लोकप्रिय छन् । उनले नाटक र बिज्ञापनहरुमा पनि धेरै काम गरेका छन् । लामो समयदेखि आचार्यले अर्का हाँस्य कलाकार मदनकृष्ण श्रेष्ठसँग सहकार्य गर्दै आएका छन् । यो जोडि अहिले ‘मह’जोडि’का नामले सु-परिचित छ । उनै हाँस्य कलाकार हरिवंश आचार्यलाई जन्मदिनको शुभकामना ।
ट्रेन्डिङ
‘राजनीतिक खिचातानीले जनतामा निराशा’
‘बहुमतको प्रधानमन्त्रीलाई संसद् विघटनको अधिकार छ’
पत्रकारितामा मुख्य चुनाैती पारिश्रमिक
मदनकृष्णको स्वरमा ‘फूलबुट्टे सारी’को’ लेजेन्डरी भर्सन सार्वजनिक
महेन्द्रनगरबाट एक जनालाई पक्राउ गरी बैतडी लगियो