२०७७ कार्तिक २८ शुक्रबार, एजेन्सी । दक्षिण अमेरिकी क्षेत्रको विश्व कप छनौट अन्तर्गत अर्जेन्टिना बराबरीमा रोकिएको छ । शुक्रबार सम्पन्न खेलमा अर्जेन्टिना पराग्वेसँग १-१ गोलको बराबरीमा रोकिएको हो ।
अर्जेन्टिनाका लागि निकोलस गोन्जालेजले खेलको ४१औ मिनेटमा गोल गर्दै खेल बराबरी गरेका थिए । यस अघि पराग्वेका लागि खेलको २१औ मिनेटमा एन्जल रोमेरोले पेनाल्टीबाट गोल गर्दै शुरुवाती अग्रता लिएका थिए ।
यो बराबरीपछि अर्जेन्टिना अंक तालिकामा शिर्ष स्थानमा उक्लिएको छ । अर्जेन्टिनाको ३ खेलमा २ जित र एक बराबरीसहित ७ अंक रहेको छ । त्यस्तै पराग्वेको भने एक जित र २ बराबरीसहित ५ अंक रहेको छ ।
विश्वकपमा दक्षिण अमेरिकाका १० देश मध्ये यस क्षेत्रबाट शिर्ष स्थानमा रहने ४ देश विश्वकपका लागि छनौट हुने छन भने एक देश अन्तरमहादेशीय छनौट खेल्न पाउने छन् ।
फेसबुक प्रतिक्रिया
ट्रेन्डिङ
‘राजनीतिक खिचातानीले जनतामा निराशा’
‘बहुमतको प्रधानमन्त्रीलाई संसद् विघटनको अधिकार छ’
पत्रकारितामा मुख्य चुनाैती पारिश्रमिक
मदनकृष्णको स्वरमा ‘फूलबुट्टे सारी’को’ लेजेन्डरी भर्सन सार्वजनिक
महेन्द्रनगरबाट एक जनालाई पक्राउ गरी बैतडी लगियो