२०७७ कार्तिक २९ शनिबार, एजेन्सी । इंङ्गलिस फुटबल क्लब लिभरपुलका स्टार खेलाडी मोहम्मद सालाह कोरोना भाइरसबाट संक्रमित भएका छन् ।
आफ्नो देश इजिप्टको लागि खेल्न बन्द प्रशिक्षणमा रहेको बेला उनीमा संक्रमण पुष्टि भएको हो ।
इजिप्टको फुटबल संघ (इएफए) ले एक वक्तव्य जारी गरेर २८ वर्षका सालाहमा संक्रमण पुष्टि भए पनि कुनै लक्षण भने नदेखिएको जनाएको छ ।
उनको दोस्रो परीक्षण गर्दा पनि संक्रमण देखिएको हो । इजिप्टको टिमका अरु सदस्यमा भने संक्रमण देखिएको छैन ।
इजिप्टले अफ्रिका कप अफ नेशन्सको छनौट चरणमा आज टोगोसँग प्रतिस्पर्धा गर्दैछ ।
सालाहले यो खेल गुमाएका छन् भने इंग्ल्याण्ड फर्किएपछि पनि लिभरपुलका लागि कम्तिमा दुई खेल गुमाउने देखिएको छ ।
फेसबुक प्रतिक्रिया
ट्रेन्डिङ
सर्वोच्चको फैसलालाई सम्मान गर्न सकिन्न : ईश्वर पोखरेल
छाउपडीप्रथा अन्त्यका लागि पुरुषहरुको भुमिका अत्यावश्यक छ
‘राजनीतिक खिचातानीले जनतामा निराशा’
‘बहुमतको प्रधानमन्त्रीलाई संसद् विघटनको अधिकार छ’
पत्रकारितामा मुख्य चुनाैती पारिश्रमिक