२०७७ कार्तिक २९ शनिबार, काठमाडौं । फिफा विश्वकप २०२२ अन्तर्गत दक्षिण अमेरिकी छनोटका आज बिहान भएका खेलमा उरुग्वे, चिली र ब्राजिल विजयी भएका छन् । उरुग्वेले कोलम्बियालाई ३–० ले पराजित गरेको हो ।
छनोटमा दोस्रो जित हात पारेको उरुग्वे ३ खेलमा ६ अंक जोड्दै चौथो स्थानमा उक्लेको छ । समान खेलबाट ४ अंक रहेको कोलम्बिया सातौं स्थानमा छ । छनोटमा कोलम्बियाको यो पहिलो हार हो ।
यस्तै छनोटअन्तर्गत अर्को खेलमा चिलीले पेरुलाई २–० ले पराजित गरेको छ । पहिलो जित हात पारेको चिली ३ खेलबाट ४ अंक जोड्दै छैटौं स्थानमा उक्लेको छ ।
दोस्रो हार बेहोरेको पेरु भने अझै जितविहीन छ । ३ खेलबाट १ अंक मात्र रहेको पेरु आठौं स्थानमा छ ।
यस्तै, आज बिहान भएको अर्को खेलमा ब्राजिलले भेनेजुएलालाई १–० गोल अन्तरले पराजित गरेको छ । यस जितसँगै ब्राजिल दक्षिण अमेरिकी छनोटको शीर्ष स्थानमा उक्लिएको छ ।
ब्राजिलले ३ खेलमा ९ अंक जोडेको छ । छनोटमा ब्राजिल अपराजित रहेको छ । भेनेजुएलाको यो दोस्रो हार हो । नवौं स्थानमा रहेको भेनेजुएलाले ३ खेलमा १ अंक जोडेको छ ।
ट्रेन्डिङ
फेरि बढ्यो पेट्रोलियमको मूल्य, यस्तो छ नयाँ दर
‘निर्वाचन आयाेगवाला सेटिङ्ग पनि भत्किँदैछ’
दरबार छाड्नुमा मिडियाको मुख्य हात
दाहाल–नेपालकै नेतृत्वमा नयाँ सरकार बन्छ : भट्टराई
‘ओलीसँग बेइमानीबाहेक कुनै क्षमता छैन’