२०७७ मङ्सिर ३ बुधबार, एजेन्सी । युइएफ नेसन्स लिग अन्तर्गत स्पेनले जर्मनीमाथि शानदार जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा स्पेनले जर्मनीलाई ६-० गोलले पराजित गरेको हो ।
स्पेनको जितमा फेरान टोरेजले ह्याट्रिक गरेका थिए भने रोड्री, अल्भारो मोराटा र मिकेल ओयारजाबालले एक एक गोल गरेका थिए ।पछिल्लो १४ बर्षमा २०१४ को विश्वकप विजेता जर्मनीको यो सबैभन्दा नराम्रो हारको रुपमा लिइएको छ ।
स्पेनले सर्जियो रामोस र सर्जियो कनालेस बिना उत्कृष्ट प्रदर्शन गरेको थियो । यो जितसँगै स्पेनले नेसन्स लिगको फाइनल्समा आफ्नो स्थान सुरक्षित गरेको छ । स्पेन समुह चार बाट ६ खेलमा ११ अंक बनाउदै पहिलो हुदै फाइनल्समा पुगेको हो ।
फेसबुक प्रतिक्रिया
ट्रेन्डिङ
शाहिद : जाे सय फिल्ममा रिजेक्ट भएका थिए
संसद विघटन गलत थियो, तर सर्वोच्चमा विचाराधिन विषयमा मैले बोल्न मिल्दैन थियो : नेम्वाङ
सर्वोच्चको फैसलालाई सम्मान गर्न सकिन्न : ईश्वर पोखरेल
छाउपडीप्रथा अन्त्यका लागि पुरुषहरुको भुमिका अत्यावश्यक छ
‘राजनीतिक खिचातानीले जनतामा निराशा’