२०७७ असार ९ मङ्गलबार, एजेन्सी । गएराति इङ्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटी र बर्नलीबीच खेल थियो। खेलमा सिटीले बर्नलीमाथि ५-० को फराकिलो जित निकाल्यो।
जसै खेल शुरु भयो, एउटा अनौठो दृश्य त्यहाँ देखियो। म्यानचेस्टर सिटीको घरेलु मैदान इतिहादमाथि एउटा सानो जहाज देखियो जसमा एउटा ब्यानर पनि थियो। र, ब्यानरमा लेखिएको थियो : ह्वाइट लाइभ्स म्याटर बर्नली।
पछिल्लो समय कोरोना संक्रमणबाट खेल रोकिएर पुन: इङलिस प्रिमियर लिगका खेल सुरु हुँदै गर्दा प्रिमियर लिगका खेलाडीहरुले ‘ब्लाक लाइभ्स म्याटर’ लेखेको जर्सी लगाउने निर्णण भएको थियो। त्यही अनुरुप पछिल्लो समय खेलाडीको जर्सीमा उनीहरुको नामको सट्टामा ‘ब्लाक लाइभ्स म्याटर’ लेखेको छ। खेल सुरु भएपछिका १२ वटा खेलमा यो जर्सी प्रयोग हुने बताइएको छ।
अमेरिकी अश्वेत नागरिक जर्ज फ्लोयडको श्वेत प्रहरीले घुँडाले थिच्दा मृत्यु भएसँगै अश्वेतहरुको समान अधिकारलाई लिएर विशेष गरी युरोप र अमेरिकामा आवाजहरु उठेका थिए। त्यसैको प्रभाव फुटबलमा पनि परिरहेको छ। जर्मन बुन्डेस लिगा, इटालियन सिरि ए, इङलिस प्रिमियर लिग लगायता एक खुट्टा टेकेर रंगभेदविरुद्ध ऐक्यबद्धता जनाउने क्रम अझै रोकिएको छैन। फिफाले समेत यसमा ऐक्याबधद्ता जनाएको छ।
रंगभेदविरुद्ध यसरी आवाज उठिरहँदा इतिहाद स्टेडियमको यो घटनालाई इङलिस क्लब बर्नलीले कडा शब्दमा भर्त्सना गरेको छ।
ट्रेन्डिङ
शाहिद : जाे सय फिल्ममा रिजेक्ट भएका थिए
संसद विघटन गलत थियो, तर सर्वोच्चमा विचाराधिन विषयमा मैले बोल्न मिल्दैन थियो : नेम्वाङ
सर्वोच्चको फैसलालाई सम्मान गर्न सकिन्न : ईश्वर पोखरेल
छाउपडीप्रथा अन्त्यका लागि पुरुषहरुको भुमिका अत्यावश्यक छ
‘राजनीतिक खिचातानीले जनतामा निराशा’