२०७७ मङ्सिर ६ शनिबार, काठमाडौं । मिस नेपाल २०२० का प्रतिष्पर्धीहरुको स्वास्थ्यपरीक्षण गरिएको छ । आयोजक संस्था हिडेन ट्रेजर मिस नेपाल–२०२० को मेडिकल पार्टनर रहेको नेपाल मेडिसिटी अस्पतालले शनिबार मिस नेपाल २०२० का प्रतिस्पर्धीहरुलाई स्वागत गर्दै उनीहरुको स्वास्थ्य परीक्षण गरेको हो ।
ललितपुर स्थित नेपाल मेडिसिटी अस्पतालमा मिस नेपाल २०२० का २१ प्रतिस्पर्धीसहित आयोजक टोलीको कोभिड–१९का लागि पिसिआर टेष्ट गरीएको हो ।
आगामी मङ्सिर २० मा हुने ग्राण्ड फिनाले र त्यसअघि हुने आवाशीय प्रशिक्षणमा प्रवेश गर्नु अघि पिसिआर टेष्ट गरिएको छ ।
यस वर्षको मिस नेपालमा एक नयाँ उपाधिमा समेत सुन्दरीको छनौट हुने भएको छ । मेडिसिटी मिस हेल्दी नाम दिइएको उपाधिका लागि शारीरिक, मानसिक, सामाजिक तथा आध्यात्मिक पक्षमा अब्बल प्रतिस्पर्धीको छनौट हुने र विजेता नै नेपाल मेडिसिटीको गुडविल एम्बासेडर रहने छिन् ।
माहामारीका बीचमै आयोजना हुन लागेको मिस नेपाल २०२० लाई कोभिडरहीत र समग्र आयोजक तथा सहभागीको स्वास्थ्यलाई ख्यालमा राख्दै नेपाल मेडिसिटी अस्पतालले भर्चुअल तथा भौतिक दुवै माध्यमबाट सेवा प्रदान गर्नेछ ।
यस अघि मेडिसिटी अस्पतालले मिस वर्ल्ड २०१९को व्युटि विथ पर्पोजकि विजेता मिस नेपाल २०१९ अनुष्का श्रेष्ठकोे प्रोजेक्टका लागि मेडिकल पार्टनरका रुपमा काम गरीसकेको छ ।
ट्रेन्डिङ
‘राजनीतिक खिचातानीले जनतामा निराशा’
‘बहुमतको प्रधानमन्त्रीलाई संसद् विघटनको अधिकार छ’
पत्रकारितामा मुख्य चुनाैती पारिश्रमिक
मदनकृष्णको स्वरमा ‘फूलबुट्टे सारी’को’ लेजेन्डरी भर्सन सार्वजनिक
महेन्द्रनगरबाट एक जनालाई पक्राउ गरी बैतडी लगियो