एटलेटिको म्याड्रिडसँग बार्सिलोना पराजित

२०७७ मङ्सिर ७ आइतबार, काठमाडौं । स्पेनिस ला लिगा अन्तर्गत बार्सिलोना पराजित भएको छ । गएराती सम्पन खेलमा एटलेटिको म्याड्रिडले बार्सिलोनालाई १-० गोल अन्तरले पराजित गरेको हो ।

एटलेटिको म्याड्रिडको जितमा खेलको एक मात्र गोल यान्निक करास्कोले खेलको पहिलो हाफको अतिरिक्त समयको तेस्रो मिनेटमा गरेका थिए । एटलेटिको म्याड्रिड ला लिगामा पछिल्लो २४ खेलमा अपराजित रहेको छ ।

यो जितपछि एटलेटिको ला लिगामा दोस्रो स्थानमा उक्लिएको छ । एटलेटिको म्याड्रिडको ८ खेलमा २० अंक भएको छ । यस सिजनमा ८ खेलमा एटलेटिकोले ६ जित र दुई बराबरी खेलेको छ ।

साथैयस सिजनको ला लिगामा कुनै पनि खेलमा हार नबेहोरेको टिम एटलेटिको मात्र रहेको छ । त्यस्तै बार्सिलोनाले भने यस सिजनको लिगमा तेस्रो हार बेहोरेको छ । बार्सिलोना ८ खेलमा ११ अंकसहित लिगको १०औ स्थानमा झरेको छ ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार