विश्वमा ४ करोड ४ लाखभन्दा बढीले जिते कोरोना

२०७७ मङ्सिर ७ आइतबार, काठमाडौं । विश्वभर कोरोना भाइरस (कोभिड-१९)को नयाँ संक्रमण र मृत्युदर नघटेपनि यसबाट निको हुने मानिसको संख्या भने बढ्दै गएको छ । यो समाचार तयार पार्दासम्म संसारभरका ४ करोड ४ लाखभन्दा धेरै मानिस कोरोना निको भएर घर फर्केका छन् ।

कोरोना भाइरससम्बन्धी तथ्यांक अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सको पछिल्लो विवरण अनुसार विश्वभर ४ करोड ४ लाख ५९ हजार ५७० जना कोरोनाबाट निको भएका हुन् । चीनको हु बेई प्रान्तको राजधानी वुहानबाट गत वर्षको डिसेम्बर अन्तिममा फैलिएको कोरोना भाइरस संक्रमणबाट विश्वभर १३ लाख ८५ हजार ७७० जनाले ज्यान गुमाएका छन् । संक्रमितको संख्या ५ करोड ८४ लाख ७५ हजार २९ छ ।

सबैभन्दा बढी प्रभावित अमेरिकामा बिहानसम्म २ लाख ६१ हजार ७८५ जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ । अहिलेसम्म संक्रमितको संख्या १ करोड २४ ख ४५ हजार ५२८ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ १ लाख ६७ हजार ७०१ भन्दा धेरैमा संक्रमण पुष्टि भएको छ भने १ हजार ४५५ जनाले ज्यान गुमाएका छन् ।

अमेरिकापछि सबैभन्दा बढी संक्रमण देखिएको छिमेकी मुलुक भारतमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १ लाख ३३ हजार २६३ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्रै ४९९ जनाले ज्यान गुमाएका छन् । भारतमा पछिल्लो २४ घण्टामा ४५ हजार २९५ जना नयाँ संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या ८९ लाख १२ हजार ७०४ पुगेको हो ।

प्रभावित देशको सूचीमा तेस्रो स्थानमा रहेको ब्राजिलमा संक्रमितको संख्या ६० लाख ५२ हजार ७८६ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ ३५४ जनाको मृत्यु भएसँगै मृत्यु हुनेको संख्या १ लाख ६९ हजार १६ पुगेको छ ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार