युभेन्टसको जितमा रोनाल्डोको दुई गोल

२०७७ मङ्सिर ७ आइतबार, काठमाडौं । क्रिस्टियानो रोनाल्डो चम्किएको खेलमा युभेन्ट्सले सिरि ए फुटबलमा सहज जित निकालेको छ । शनिबार राति घरेलु मैदानमा भएको प्रतिस्पर्धामा फाइदा उठाउँदै युभेन्टसले काग्लिएरीमाथि २–० को जित दर्ता गरेको हो । ​

युभेन्टसका लागि दुवै गोल क्रिष्टियानो रोनाल्डोले गरे । पहिलो हाफको ३८ र ४२ औँ मिनेटमा रोनाल्डोले गोल गरेका हुन् । यो जितसँगै युभेन्टसले शीर्ष स्थानमा रहेको एसी मिलानसँग अंक दूरी घटाएको छ । सात खेल मात्र खेलेको शीर्ष स्थानको एसी मिलानको १७ अंक छ । युभेन्टसले ८ खेलबाट १६ अंक जोडेको छ ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार